नियम १२३
पुनरावेदनमाथि विचार
( १ ) ऐन तथा यस नियमावली बमोजिम पुनरावेदन लाग्न सक्ने भएमा पुनरावेदन सुन्ने अधिकारीले पुनरावेदन लिन अस्वीकार गर्न सक्ने छैन ।
(२) यस नियमावली बमोजिम प्राप्त भएको पुनरावेदनमा पुनरावेदन सुन्ने अधिकारीले देहायका कुराहरूको विचार गरी सजायँ कायमै राख्न वा बदर गर्न वा घटाउन सक्नेछः-
(क) सजायको आदेशमा आधारित भएका कुराहरूको यथार्थता प्रमाणित भइसकेको छ वा छैन?
(ख) प्रमाणित भइसकेको कुरा कारवाही गर्नका निमित्त पर्याप्त छन् वा छैनन्?
(ग) सजायँ गरेको ठीक वा बढ्ता के छ? (३) पुनरावेदन सुन्ने अधिकारीले उपनियम (२) बमोजिम विचार गर्दा विभागीय कारबाही अगाडि बढाउदा अबलम्बन गर्नु पर्ने कार्यविधि सम्बन्धी कुनै त्रुटी भएको वा जरू कुनै उचित कारणले गर्दा पुनरावेदन गर्ने व्यक्तिलाई मर्का परेको छ भन्ने लागेमा पुनरावदेन सुन्ने अधिकारीले जाँचबुझ गर्नको निमित्त आदेश दिन सक्नेछ ।
(४) पुनरावेदन सुन्ने अधिकारीले पुनरावेदन सुन्ने क्रममा शुरु सजायको निर्णय गर्ने अधिकारीले वस्तुनिष्ठ प्रमाणको अभावमा गलत नियत वा कुनै आग्रह वा पूर्वाग्रह राखी त्यस्तो निर्णय गरेको देखिएमा त्यस्तो अधिकारीलाई सचेत गराउन वा निजको व्यक्तिगत नेकीवेदीमा सोही व्यहोरा जनाउन सक्नेछ ।
(५) पुनरावेदन सुन्ने अधिकारीले पुनरावेदन प्राप्त भएको मितिले छ महिनाभित्र निर्णय गरिसक्नु पर्नेछ ।
तर,
(क) विशेष कारणले सो अवधि भित्र निर्णय गर्न नसकिएमा पुनरावेदन सुन्ने अधिकारीले निर्णय हुन नसकेको व्यहोरा खुलाई सम्बन्धित मिसिलमा संलग्न गर्नु पर्नेछ ।
(ख) यो नियमावली प्रारम्भ हुनु भन्दा अगाडि पुनरावेदन परी निर्णय हुन बाँकी रहेका पुनरावेदनहरुमा यो नियम प्रारम्भ भएको मितिले छ महिना भित्रमा निर्णय गरिसक्नु पर्नेछ ।